प्रिमियर लिग : साउथह्याम्पटन पहिलो पटक शीर्ष स्थानमा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : साउथह्याम्पटन पहिलो पटक शीर्ष स्थानमा

एजेन्सी । न्युकासल युनाईटेडलाई पराजित गर्दै साउथह्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको लिग खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।

साउथह्याम्पटनलाई घरेलु मैदानमा जित दिलाउन चे एडम्सले खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरि स्टुवार्ट आम्स्ट्रोङले खेलको ८२ औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए ।

यो जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । प्रिमियर लिगकै अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

सम्बन्धित खवर