ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार स्पेनिस महारथी बार्सिलोनाले सानदार जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल गरे । यता बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।

क्याम्प नाउमा डेम्बेलेले खेलको २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलकककको ३३ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले रोकेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । यसैगरि खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।

पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएको बार्सिलोनाले पेनाल्टीमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३–१ को बनाए ।

मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

तर, खेलको ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को अग्रता दिलाए । यसैगरि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।

सम्बन्धित खवर