ला लिगा : रियल मड्रिडको लज्जास्पद हार - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : रियल मड्रिडको लज्जास्पद हार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग रियलले ४–१ गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो ।

भ्यालेन्सियाको मैदानमा खेलको २३ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३० औं मिनेटमा भ्यालेन्सियाका कार्लोसले प्रहार गरेको पेनल्टी रियलका गोलकिपर थिबाउट कोर्टुआले बचाए ।

तर, खेलको ३५ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा फर्काए ।

यसैगरि खेलको ४३ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गर्दा भ्यालेन्सिया पहिलो हाफमा २–१ ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमा व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दा भ्यालेन्सियाले ४–१ को सहज जित निकाल्यो ।

जितसँगै भ्यालेन्सिया लिगको नवौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले ८ खेलमा ११ अंक जोडेको छ । रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सम्बन्धित खवर