नेदरल्यान्ड्स र स्पेनको बराबरी, फ्रान्स पराजित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेदरल्यान्ड्स र स्पेनको बराबरी, फ्रान्स पराजित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् ।

नेदरल्यान्ड्सको योहान क्रुफ स्टेडियममा बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १–१ गोलको बराबरी खेलेको हो ।

खेलको १९ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४७ औं मिनेटमा डोनी भान डी विकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

यूईएफए नेसन्स लिगको खेल अघि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेको हो । अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले स्विजरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

बेल्जियमको जितमा मिचे बात्सुयाईले दुई गोल गरे । स्विजरल्याण्डका एडमिर मेहमेदीले एक गोल फर्काए ।

घरेलु मैदानमा फ्रान्स पराजित

यसैगरि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स घरेलु मैदानमै पराजित भएको छ । बुधबार राति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको २८ औं मिनेटमा मार्कुसले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा ओनीले गोल गर्दै फिनल्याण्डलाई २–० को जित दिलाए ।

यसैगरि मैत्रीपूर्ण खेल अन्तर्गत नै पोल्याण्डले युक्रेनलाई २–० ले हराएको छ । त्यस्तै डेनमार्कले स्विडेनलाई २–० ले नै हराएको छ ।

सम्बन्धित खवर