आज अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

आज(शुक्रबार) नेपालले ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान उत्रदा नेपाल र बंगलादेश दुबै टोली जित र हार भन्दा पनि फुटबल फर्किएकोमा खुसी हुनेछन् ।

नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए ।

ढाकामै नेपाली टिमलाई बंगबंधु कपको उपाधि दिलाएका प्रशिक्षक महर्जनले प्रि–म्याच कन्फरेन्समा धेरै समयपछि फुटबल खेलमा फर्किएले यो दुई गेम जित्नलाई नेपालले राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

पछिल्लो समय बंगलादेशविरुद्ध नेपालले राम्रो फुटबल खेलिरहेको र सकारात्मक नतिजा आएका कारण आफ्नो खेलाडी सोहि नतिजा निकाल्न तयार रहेका उनले प्रष्ट पारे ।

महर्जनले कोरोनाको संक्रमणले गर्दा सेटका केहि खेलाडी गुमाउँदा कठिन भएको समेत बताए ।

‘हामीले यस अघिनै सेटका ४ खेलाडी गुमाएका छौं । अहिले बंगलादेशमा पनि खेलाडी गुमायौं । जसले गर्दा निकैनै गाह्रो हुन्छ,’ महर्जनले थपे, ‘तर नयाँ खेलाडी पनि बंगलादेशविरुद्ध सकारात्मक छन् । उनीहरुले अवसर पाउनेछन् ।’

बंगलादेश प्रस्थान गर्नु अघि नेपालका ७ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै अट्याकिङ मिडफिल्डर रोहित चन्द भने चोटका कारण नेपालमै रोकिन बाध्य भए ।

बंगलादेश पुगेका एक खेलाडी पनि कोरोना पोजेटिभ आएपछि हाल एकान्तबासमा बसेका छन् ।

नेपाली टिमका कार्यकारी कप्तान किरण कुमार लिम्बुले मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल फेडेरेशनलाई धन्यवाद दिदै बंगलादेशविरुद्ध खेल्न टिम आतुर रहेको बताए ।

सम्बन्धित खवर