
एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु अल्बर्टो जोसे मैदानमा पाराग्वेसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
शुक्रबार बिहान दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा सुरुवाती अग्रता भने खेलको २२ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पाराग्वेले बनाएको थियो ।

तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि अर्जेन्टिनाले पाराग्वेविरुद्ध अन्य गोल गर्न सकेन ।
बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसैगरि विश्वकप छनोट अन्तर्गतनै इक्वेडरले बोलिभियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।






