विश्वकप छनोटमा कोलम्बियामाथि उरुग्वेको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा कोलम्बियामाथि उरुग्वेको सानदार जित

एजेन्सी । दक्षिण अमेरिकी फिफा विश्वकप फुटबलको छनोटमा उरुग्वेले कोलम्बियालाई पराजित गरर्दै जित सानदार निकालेको छ ।

शुक्रबार राति विश्वकप छनोट अन्तर्गत भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३–० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि खेलको पाँचौं मिनेटमा एडिनसन काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई ३–० को सानदार जित दिलाए ।

खेलको ९० औं मिनेटमा यरी मिनाले रातो कार्ड पाएपछि खेलको अन्तिम केहि मिनेट कोलम्बिया १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ । कोलम्बिया ३ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर