यूईएफए नेसन्स लिग : फ्रान्ससँग पराजित पोर्चुगलको उपाधि यात्रा सकियो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : फ्रान्ससँग पराजित पोर्चुगलको उपाधि यात्रा सकियो

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा समूह चरणबाटै बाहिरिएपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको उपाधि यात्रा सकिएको छ ।

शनिबार राति पोर्चुगलको मैदानमा समूह चरण अन्तर्गत भएको खेलमा फ्रान्ससँग १–० ले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल पोर्चुगलको उपाधि यात्रा सकिएको हो ।

फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले खेलको ५३ औं मिनेटमा निर्णायक गरेका थिए । उनले एड्रीयनको पासलाई सदुपयोग गरेका थिए ।

पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ । लिग ‘ए’ समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ । अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

यस समूहमा क्रोएसिया र स्विडेनको समान ३/३ अंक रहेको छ । शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २–१ ले हराएको थियो ।

सम्बन्धित खवर