यूईएफए नेसन्स लिग : बेल्जियम र इटालीको सहज जित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : बेल्जियम र इटालीको सहज जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई पराजित गर्दै सहज जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

बेल्जियमलाई जित दिलाउन खेलको १० औं मिनेटमा युरी टेलिमान्सले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २४ औं मिनेटमा ड्रिएस मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई २–० को सहज जित दिलाए ।

जितसँगै लिग ’ए’ समूह २ को बेल्जियमले ४ खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बेल्जियमसँग पराजित भएपछि इंग्ल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ । इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । डेनमार्क १० अंक जोडेर दोस्रो र आइसल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।

इटालीको सहज जित

यसैगरि यूईएफए नेसन्स लिग फुटबलमा इटालीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सिमित पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

घरेलु मैदानमा इटालीको जितमा जोर्जिन्होले खेलको २७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ८४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए । जितसँगै लिग ‘ए’ समूह १ को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक जोडेको छ । ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनालाई ३(१ ले हराएको छ । नेदरल्यान्ड्सको जितमा जर्जिनियो विज्नाल्डमले दुई गोल गरे । मेम्फिस डिपेको नाममा एक गोल रह्यो ।

बोस्नियाका स्माइल प्रिभीएलजाकले एक गोल फर्काए । जितसँगै ८ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।

सम्बन्धित खवर