आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश र नेपाल भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश र नेपाल भिड्दै

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अनतर्गत दोस्रो खेल आज मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग नेपाली अनुसार अपरान्ह ४ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती ११मा रहदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

धिमाल कोरोना मुक्त भईसकेका छन् । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ ।

नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

सम्बन्धित खवर