यूईएफए नेसन्स लिग : जर्मनीको पोस्टमा स्पेनको ६ गोल - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : जर्मनीको पोस्टमा स्पेनको ६ गोल

एजेन्सी । स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीलाई पराजित गर्दै सानदार जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले जर्मनीलाई ६–० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा अल्भारो मोराटा, रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरे ।

स्पेनको जितमा खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरि खेलको ३३ औं मिनेटमा फेरानले गोल गदर्दै स्पेनले २–० को अग्रता बनाए ।

खेलको ३८ औं मिनेटमा रोड्रीले गोल गरेपछि पहिलो हाफमा स्पेन ३–० ले अघि रह्यो । यसैगरि खेलको ५५ औं मिनेटमा फेरानले ब्यक्तिगर दोस्रो गोल गर्दै स्पेनको अग्रता ४–० को बनाए ।

खेलको ७१ औं मिनेटमा फेरानले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मिकेलले गोल गर्दा स्पेन ६–० ले बिजयी भयो ।

जितसँगै स्पेन लिग ‘ए’ को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनी भने सेमिफाइनल पुग्नबाट बाहिरिएको छ ।

यस समूहकै अर्को खेल भने स्थगित भएको छ । युक्रेनका तीन खेलाडीमा कोरोना देखिएपछि युक्रेन र स्विट्जरल्यान्डबीचको खेल स्थगित भएको हो ।

फ्रान्सको सहज जित

यसैगरि यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले स्विडेनलाई पराजित गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा भिक्टर क्लासेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरि खेलको ३६ औं मिनेटमा बेन्जामिन पाभर्डले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा स्विडेनका रोबिन क्वाईसनले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा किंग्सले कोम्यानले गोल गर्दै फ्रान्सलाई ४–२ को जित दिलाए ।

जित संगै फ्रान्स अपराजित रहदै नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । स्विडेन भने रेलिगेसनमा परेको छ ।

सम्बन्धित खवर