फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित

एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई पराजित गर्दै सहज जित निकाले छ ।

बुधबार बिहान दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

खेलको १७ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर