
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसंग बार्सिलोना पराजित भएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा डिएगो सिमोन नेतृत्वको एट्लेटिकोसंग बार्सिलोना १–० ले पराजित भएको हो ।
एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयमा इानिक कारास्कोले विजयी गोल गरेका थिए । जीत संगै एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गरेको छ ।

बार्सिलोनाले चोटका कारण डिफेन्डर जेरार्ड पीकेलाई गुमाएको थियो । उनी करिब ६ महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ ।
बार्सिलोनालाई एट्लेटिकोसंग अंक खोस्न निकै कठिन देखिएको थियो । पाहुना टोली बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटको हेड बललाई गोलकिपर जान ओब्लाकले बचाएका थिए ।
बार्सिलोनाविरुद्ध जित निकालेको एट्लेटिको नयाँ सिजनमा अपराजित छ । ला लिगाको ८ खेलमा बार्सिलोनाले तेस्रो हार ब्यहोरेको छ ।