आईसीसी अवार्डका लागि पारस खड्का मनोनयनमा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी अवार्डका लागि पारस खड्का मनोनयनमा

काठमाडौं । आईसीसी अवार्डका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का मनोनित भएका छन् ।

‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि पारस मनोनयनमा परेका हुन् ।

यस अवार्डका लागि पारससँगै ६ खेलाडी मनोयनमा परेका छन् । विजेताको नाम भोटको आधारमा छनोट गरिनेछ ।

अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् । यसैगरि पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

सम्बन्धित खवर