आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु - Mangsebung News
  • आइतबार, जेठ २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण सुरु गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो ।

लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।

कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।

क्यानले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परिक्षण समेत गरेको थियो ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की रहेका छन् ।

सम्बन्धित खवर