च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी अन्तिम १६ मा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले ओलम्पियाकोसमाथि जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसमाथि १–० गोल अन्तरले जित निकाल्र्दैै सिटीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रबेश गरेको हो ।

ओलम्पियाकोसको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । खेलको ३६ औं मिनेटमा फोडेनले सिटीका लागि निर्णायक गोल गरे ।

अपराजित रहेको सिटीले ४ खेलमा १२ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।

ओलम्पियाकोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई २–० ले हराएको छ ।

सम्बन्धित खवर