युरोपा लिग : आर्सनल नकआउट चरणमा, टोटेनहम अन्तिम ३२ नजिक - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोपा लिग : आर्सनल नकआउट चरणमा, टोटेनहम अन्तिम ३२ नजिक

एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सन नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा नर्वेको मोल्डे एफकेलाई ३–० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा प्रबेश गरेको हो ।

खेलको ५० औं मिनेटमा मोल्डेको मैदानमा पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा बालोगनले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए । आर्सनल ४ खेलमा १२ अंक जोडदै समूहको शीर्ष स्थानमा रहेको छ ।

टोटेनहम अन्तिम ३२ नजिक

यसैगरि युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्समाथि सानदार जित निकालेको छ ।

बिहीबार राति समूह चरण अन्तर्गत भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ४–० ले पराजित गर्दै सानदार जित निकालेको हो ।

घरेलु मैदानमा खेलको १६ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दा टोटेनहम ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई ४–० को जित दिलाए ।

जितसँगै समूह जे को टोटेनहमले ४ खेलमा ९ अंक जोडेको छ भने यस समूहको दोस्रो स्थानमा रहदै अन्तिम ३२ नजिक पुगेको छ ।

सम्बन्धित खवर