एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई पराजित गर्दै जित सहज निकालेको छ ।
शुक्रबार अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गर्दै सहज जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सफल भयो ।
भारतका लागि हार्दिक पाण्डयले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रबिन्द्र जडेजाले २५ रन बनाए ।
कप्तान विराट कोहली २१ रनमा आउट हुँदा मायांक अग्रवालले २२ रन बनाए । नाभदिप शैनीले अविजित रहदै २९ रन जोडे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । यसैगरि जोश हाजलउडले ३ विकेट लिदा मिचेल स्टार्कले १ विकेट लिए ।
यस अघि अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले ९ चौका र २ छक्का प्रहार गर्दै १ सय १४ रनको शतकीय इनिङ्स खेल्दा स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ्स खेले ।
कप्तान फिन्चको यो १७ औं एकदिवसीय शतक हो भने स्मिथको यो १० औं एकदिवसीय शतक हो ।
यसैगरि डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले ४५ रन बनाए ।
मार्कुस स्टोनिस सुन्य रनमा आउट हुँदा मार्नुस लाबुसेनले २ रन बनाएर आउट भए । यसैगरि एलेक्स केरी १७ रनमा अविजित रहदा पाट कुमिन्स १ रनमा अविजित रहे ।
भारतका मोहमद शामीले ३ विकेट लिदा जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १र१ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।