प्रिमियर लिग : बर्नलीमाथि महरेजको ह्याट्रिकमा सिटीको सानदार जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : बर्नलीमाथि महरेजको ह्याट्रिकमा सिटीको सानदार जित


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५–० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले खेलको छैटौं मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।

खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।

यसैगरि खेलको ४१ औं मिनेटमा मेन्डीले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० ले अघि रह्यो ।

खेलको ६६ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४–० को बनाए । यसपछि खेलको ६९ औं मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीले ५–० को सानदार जित निकालेको हो ।

सम्बन्धित खवर