ला लिगा : ओसासुनामाथि बार्सिलोनाको सानदार जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : ओसासुनामाथि बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले घरेलु मैदानमा ओसासुनामाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा ओसासुनालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक एक गोल गरे ।

क्याम्प नाउमा मार्टिनले २९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दा बार्सिलोना ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ ।

ओसासुनाविरुद्धको गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरेका थिए ।

गोलपछि उनले म्यारोडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए । यस्तै बार्सिलोनाले पनि खेल अघि म्यारोडोनालाई सम्झिएको थियो ।

बार्सिलोनाका पूर्व खेलाडी म्यारोडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।

सम्बन्धित खवर