ला लिगा : बार्सिलोना र लेभान्ते भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोना र लेभान्ते भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र लेभान्ते प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली समय अनुसार आईतबार राति १ः४५ बजे घरेलु मैदानमा बार्सिलोनाले लेभान्तेलाई आतिथ्यता प्रदान गर्दै छ ।

बार्सिलोना यस सिजन लयमा आउन संघर्षरत छ । एक पछि अर्को पराजयले बार्सिलोनामाथि दबाब समेत थपिएको छ ।

गत हप्तामात्र बार्सिलोना नवप्रवेशी कार्डिजसंग पराजित बन्यो । क्याटलान क्लब तालिकाको नवौं स्थानमा छ । लेभान्ते भने रेलिगेशन क्षेत्रबाट माथि उठ्न संघर्षरत छ ।

बार्सिलोनाका लागि यस सिजन राम्रो रहन सकेको छैन । उसले १० खेलमा ४ मा जित, दुई बराबरी र चारमा हार ब्यहोरेको छ । उसले मात्र १४ अंक बटुल्दै तालिकाको नवौं स्थानमा छ ।

रोनाल्ड कोम्यानको बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंकले पछि परेको छ ।

क्याटलान क्लबले नोभेम्बरको अन्त्यमा घरेलु मैदानमा ओसासुनामाथि ४–० को जित निकालेको थियो । त्यसपछि क्लबले प्रभाव देखिने जित निकाल्न सकेको छैन ।

सम्बन्धित खवर