ला लिगा : मेस्सीको सानदार गोलमा बार्सिलोनाको जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : मेस्सीको सानदार गोलमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीको सानदार गोलमा बार्सिलोनाले लेभान्तेलाई हराउदै जित निकालेको छ ।

आईतबार राति क्याम्प नाउमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को कठिन जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । यो संगै लियोनल मेस्सीले यस सिजन ९ गोल पुरा गरेका छन् । डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले सानदार गोल गरेका हुन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले मार्टिन ब्रेथवेट, जोर्डी अल्बा, एन्टोनी ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारेका थिए ।

लेभान्तेका गोलकिपर एटोर फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।

बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । उसले तालिकामा दुई स्थान सुधार गरेको छ ।

 

सम्बन्धित खवर