च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, बार्सिलोना र पीएसजी भिड्ने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, बार्सिलोना र पीएसजी भिड्ने

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ (प्रि–क्वाटरफाइनल) को ‘ड्र’ सार्वजनिक भएको छ ।

सोमबार यूईएफएले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ । स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा बोरुसिया डर्टमण्डले सेभियासँग खेल्नेछ ।

इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ । यसैगरि इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ भने म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाकसँग खेल्नेछ ।

अन्तिम १६ अन्तर्गतको पहिलो लेग खेल फेब्रवरी १६,१७,२३ र २४ मा हुनेछ । त्यसैगरि दोस्रो लेग भने मार्च ९,१०,१६ र १७ मा हुनेछ ।

सम्बन्धित खवर