युरोपा लिग : अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक, युनाईटेडको प्रतिद्वन्दी सोसिडाड - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोपा लिग : अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक, युनाईटेडको प्रतिद्वन्दी सोसिडाड

एजेन्सी । यूईएफए युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक भएको छ ।

सोमबार यूईएफएले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लब सोसिडाड प्रतिद्वन्दी पाएको छ ।

अर्को प्रिमियर लिग क्लब आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्नेछ । यसैगरि टोटेनहमले अस्ट्रियन क्लब वुल्फ्सबर्गरसँग खेल्दा लेष्टर सिटीले स्लाभिया प्राग्वेसँग खेल्नेछ ।

इटालियन क्लब एसी मिलानले रेड स्टार बेलग्रेडसँग खेल्नेछ । यसैगरि अर्को इटालियन क्लब नापोलीले स्पेनको ग्रानडासँग खेल्नेछ ।

रोमाले ब्रागासँग खेल्दा भिल्ला रियलले साल्जबर्गसँग खेल्नेछ । जर्मनीको बायर लिवरकुसेनले योङ ब्वाइजसँग खेल्दा होफेनहाइमले मोल्डेसँग खेल्नेछ ।

यसैगरि आयाक्सले लिलसँग खेल्नेछ । अन्तिम ३२ को पहिलो लेग फेब्रुवरी १८ र दोस्रो लेग खेल २५ फेब्रुवरीमा हुनेछ ।

सम्बन्धित खवर