ला लिगा : बार्सिलोना बराबरीमा खेल्दा मेस्सीद्धारा पेलेको कीर्तिमान बराबर - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोना बराबरीमा खेल्दा मेस्सीद्धारा पेलेको कीर्तिमान बराबर

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा खेल्दा लियोनल मेस्सीले महान खेलाडी ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

शनिबार बार्सिलोनाले भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा बार्सिलोनाका स्टार मेस्सीले एक गोल गरेपछि एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

पहिलो हाफको ईन्जुरी समयमा मेस्सीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे ।

मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । ८० वर्षिया पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न भने सकेन ।

पाहुना टोली भ्यालेन्सियाले सुरुवातमै मोक्टार दिखाबीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा मेस्सी पेनाल्टीमा चुकेपछि लगत्तै हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

घरेलु टोलीका रोनाल्ड अरुजोले बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । तर म्याक्सिमिलियानो गोमेजले गोल गर्दै बार्सिलोनासंग अंक खोस्न सफल भए ।

नतिजाले २६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको २१ अंक सहित पाँचौ स्थानमा रह्यो । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रह्यो ।

सम्बन्धित खवर