ला लिगा : रियलको लगातार चौथो जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : रियलको लगातार चौथो जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौथो जित निकालेको छ ।

आईतबार राति घरेलु टोली ईबरमाथि ३–१ को जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ ।

मड्रिड क्लबका दुवै टोलीको समान २९ अंक छ । गोल अन्तरका आधारमा रियल भन्दा एट्लेटिको अघि छ ।

रोड्रिगोको क्रसलाई सदुपयोग गर्दै करिम बेन्जिमाले सुरुवातमै गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । यसैगरि लुका मोड्रिचले १३ औं मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

कप्तान किकी गार्सियाले इबरका लागि एक गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । दुवै टिमलाई दोस्रो हाफमा गोलको अवसर निकाल्न कठिन रह्यो ।

लुकास भाजकेन्जले ईन्जुरी समयमा गोल गर्दै रियलको ३–१ को जित सुनिश्चित गरे । जित सहित जिनेदिन जिदानको रियल तालिकाको दोस्रो स्थानमा उक्लियो ।

सम्बन्धित खवर