एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याममाथि सानदार जित निकालेको छ ।
सोमबार राति घरेलु मैदानमा चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराउदै सानदार जित निकालेको हो ।
खेलको १० औं मिनेटमा सिल्भाको हेड गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । अब्राहमले ७८ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटमै ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।
यस महिनाको सुरुवातमा चेल्सीले उपाधि दाबेदारको रुपमा आफुलाई प्रस्तुत गरेको थियो । लिड्सलाई हराउँदै उसले तालिकाको शीर्ष स्थान समेत कब्जा गरेको थियो । तर एभर्टन र उल्भ्ससंग पराजित बनेपछि चेल्सीले अंक तालिकामा आफुलाई गुमाउन थालेको थियो ।
जित सहित चेल्सी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीले १४ खेलबाट २५ अंक जोडेको छ ।