विभागीय टिम आर्मीलाई एएफसीको क्लब लाईसेन्स प्राप्त - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विभागीय टिम आर्मीलाई एएफसीको क्लब लाईसेन्स प्राप्त

एजेन्सी । विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ ।

विभागीय टिमले लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै एएफसीको क्लब लाईसेन्स पाएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मापदण्ड पुरा गरेको आर्मीलाई एएफसीको क्लब लाईसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । एन्फाको प्रस्तावसंगै एएफसीले आर्मीलाई क्लब लाईसेन्सिङ प्रदान गर्नेछ ।

यसअघि एन्फाले सन् २०२१ का लागि कुनैपनि क्लबलाई एएफसीको लाईसेन्सका लागि प्रस्ताव नगर्ने बताएको थियो । एएफसीको क्लब लाईसेन्सिङ हेर्ने एन्फाको निकायले मापदण्ड नपुगेको भन्दै ए डिभिजनका १३ क्लबलाई आयोग्य बताएको थियो ।

तर आर्मीले मापदण्ड पुरा गर्न चालेको कदमको प्रशंसा गरेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु खेलकुदमा चिनिएको विभागीय टिमलाई बेग्लै क्लब दर्ता गर्न एएफसीको सुझाव थियो ।

सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषद्मा फुटबल खेल्ने उद्धेश्य सहित छुट्टै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गरेको छ । मापदण्ड पुरा भएसंगै आर्मीलाई एन्फाको अपिल कमिटिले क्लब लाईसेन्स दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर