एजेन्सी । नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले मराठा अरबियन्सबाट टी टेन लिग खेल्ने भएका छन् ।
बुधबार बेलुका आबुधाबीमा भएको ड्राफ्टमा मराठाले अनुबन्ध गरेसंगै चौथो संस्करणको टी टेन लिगमा सोमपालले खेल्ने पक्का भएको हो ।
टी टेन लिग खेल्ने सोमपाल तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी टेन लिगमा खेलिसकेका छन् ।
टी टेन लिगमा डेकन ग्ल्याडीयटर्स, दिल्ली ब्लुज, मराठा अरबियन्स, नर्दन वारियार्स, टिम आबुधाबी, बंगला टाइगर्स, पुने डेभिल्स र कलान्दर्स सहभागी रहेका छन् ।
आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।