ला लिगा : कप्तान मेस्सी चम्किदा बार्सिलोना विजयी - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : कप्तान मेस्सी चम्किदा बार्सिलोना विजयी

एजेन्सी । कप्तान लिअनल मेस्सी चम्किदा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालेको छ ।

बुधबार राति भएको खेलमो एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेकोे हो ।

बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए ।

यसैगरि खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–१ ले अघि रह्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३–२ ले विजयी भयो ।

बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर