ला लिगा : मेस्सी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको सानदार जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : मेस्सी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यान चम्किदा बार्सिलोनाले सानदार जित निकालेको छ ।

ग्रानडाको मैदानमा शनिबार राति भएको खेलमा ग्रानडालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको सानदार जितमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २/२ गोल गरेका छन् ।

खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

यसैगरि ४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

जितसँगै १८ खेलमा ३४ अंक जोड्दै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर