तीन महिनाका लागि मुख्यमन्त्री राईसहित आठ जना निलम्बन - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तीन महिनाका लागि मुख्यमन्त्री राईसहित आठ जना निलम्बन

विराटनगर । प्रचण्ड–नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

प्रदेश सभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रचण्ड–नेपाल समूहले उनीहरूलाई निलम्बन गरेको हो ।

यसअघि मुख्यमन्त्री राईले पनि प्रचण्ड–नेपाल पक्षका १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेका थए ।

कुनै पनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको प्रदेश सभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।

यसरी निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

उनीहरूलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताए ।

सम्बन्धित खवर