कोपा डेल रे : बार्सिलोना अन्तिम चारमा प्रबेश - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा डेल रे : बार्सिलोना अन्तिम चारमा प्रबेश

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार राति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दा ग्रानडा २–० ले अघि रह्यो ।

तर, बार्सिलोनाका लागि खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याउदै उत्कृष्ट पुनरागमन गरे ।

त्यपछि खेलको इन्जुरी समयमा जोर्डी अल्बाले उत्बृष्टगोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए ।

खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३–३ को स्थितिमा पुगेको थियो ।

तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४–३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दिलाए ।

सम्बन्धित खवर