सन्दिप सहित नेपालका आठ क्रिकेटरको नाम आइपीएलको अक्सनमा - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दिप सहित नेपालका आठ क्रिकेटरको नाम आइपीएलको अक्सनमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने सहित नेपालका आठ क्रिकेट खेलाडीको नाम २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि सिफारिस गरिएको छ ।

आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन् ।

आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने जनाएको छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ ।

आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् ।

सम्बन्धित खवर