नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप आईपीएलमा अनसोल्ड - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप आईपीएलमा अनसोल्ड

काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट २०२१ को अक्सनमा नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

कुनैपनि टिमले बोलि नलगाएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने चेन्नईमा जारी आईपीएलको अक्सनमा अनसोल्ड भएका हुन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । अब अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप फेरि अक्सनमा आउन सक्छन् ।

बिक्री नभएका खेलाडीलाई अन्तिम समयमा टिमले न्यूनतम मूल्यमा किन्न पाउने नियम रहेको छ । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

युएईमा भएको गत सिजनको आईपीएलमा भने सन्दीप बेन्चमै सिमित भएका थिए । सन्दीपले तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारुमा अनुबन्ध गरेको थियो । तर, दिल्लीले नयाँ सिजनका लागि सन्दीपलाई रिलिज गरेको थियो ।

सम्बन्धित खवर