जनजाति साहित्यकार महासंघ लिम्बुवान समिति संयोजकमा केरुङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनजाति साहित्यकार महासंघ लिम्बुवान समिति संयोजकमा केरुङ

 

झापा । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ तसर्थ लिम्बुवान राज्य समिति गठन भएको छ ।

शनिबार झापाको बिर्तामोड स्थित नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङलाई संयोजक बनाउदै तसर्थ लिम्बुवान राज्य समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा शिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा रहेका छन् । सचिवमा छत्र दर्लामि, सह–सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङलाई चयन गरेको छ ।

त्यस्तै समितिको सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया र जितेन साम्पाङ रहेका छन ।

समितिको सल्लाहकारमा साहित्यकार मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाकलाई चयन गरेको छ ।

उक्त कार्यक्रम महासंघका सह संयोजक टंक सेलिङ, केन्द्रिय प्रतिनिधि सदस्यहरु बिराट किराती र जितेन पन्दाकको उपस्थितिमा समपन्न भएको हो । कार्यक्रममा निर्वाचित समितिलाई साहित्यकार कृष्ण बरालले बधाई तथा शुभकामना दिएका थिए ।

 

सम्बन्धित खवर