चौबिसे अनलाईन कविता प्रतियोगिताको उपाधि नविनको पोल्टामा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चौबिसे अनलाईन कविता प्रतियोगिताको उपाधि नविनको पोल्टामा

 

केराबारी । धनकुटाको चौबिस गाउँपालिकाका सृजनशील युवाहरुले इन्टरनेको पहुँचमा रहेका सृजनशील मनहरुलाई सामाजिक सन्जाल फेसबुकको सदुपयोग गर्दै आयोजना गरेको कविता प्रतियोगिताको उपाधि नविन वनेमको पोल्टामा परेको छ ।

कविहरु अमित थेबे मिहाङ र शंकर आत्मा निर्णयक रहेको निर्णयक मण्डलीले दिएको नतिजा अनुसार शुक्रबार प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै ताप्लेजुङका नविन वनेम प्रतियोगिताको विजेता भएको घोषणा गरेको हो ।

“हाम्रो चौबिस (साँगुरीगढी चौबिस) फेसबुक ग्रुपद्धारा खुला कविता लेखन प्रतियोगिता २०७७ सन्चालन भएकोमा प्रतियोगिताको दितियमा ओखलढुंगाका बिरेन्द्र ग्याबा तामाङ, तृतीयमा काठमाडौकी   जमुना लामा र सान्त्वना धनकुटाका कबिन तुम्बापो भएका छन । विजेतालाई एक कार्यक्रमको आयोजना गरी सम्मानका साथ आकर्षक नगद पुरस्कार र प्रमाण पत्र वितरण गर्ने एडमिन सञ्चालक सदस्य सुरेन्द्र हांगामले बताए ।

प्रतियोगितामा धनकुटा, पान्थर, इलाम, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, झापा, सुनसरी, रौतहट, काठमाडौ, गोरखा, रुकुम पश्चिम साथै भारतका खर्साङ, कालेम्बुङ, दार्जिलिङका गरी जम्मा ३६ जना कविहरुले सहभागी जनाएका  थिए ।

चौविसका युवाहरु सरगम सागर चेम्जोङ, सुकपाल पुत्लुहाङ देवान, सुशील चेम्जोङ, थेरिङ्बा, सुरेन हांगााम लिम्बूको एडमिन र सन्चालनमा प्रतियोगितामा सम्पन्न भएको थियो ।

 

 

 

सम्बन्धित खवर