‘सिङजाङगो’ गजल संग्रह विमोचन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न(फोटो फिचर सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सिङजाङगो’ गजल संग्रह विमोचन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)

दमक । विश्वव्यापी अनलाईन याक्थुङ गजल प्रतियोगितामा सहभागी सर्जकहरुको गजललाई समाबेश गरिएको ‘सिङजाङगो’ गजल संग्रह विमोचन तथा विजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार याक्थुङ भाषा साहित्य कला बिकास संरक्षण हाम्रो अभियान भन्ने नाराका साथ याक्थुङ साहित्य कला समूहको आयोजनामा दमक स्थित एस.जी. होटलको सभाहलमा उक्त कृति विमोचन तथा पुरुकार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

मुन्धुमविद, लेखक तथा साहित्यकार हरि हुक्पाचोङवाङको प्रमुख आतिथ्यमा र याक्थुङ लेखक संघका केन्द्रिय महासचिव टंक सेलिङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा याक्थुङ लेखक संघका केन्द्रिय कोषाध्यक्ष साङसेन पन्धाक, कवि अभागी थेगुवा, सुजन सेलिङ, विराट किराती, निर्णायक मण्डलीका सदस्य प्रेमदीप थाम्सुहाङ, साहित्यकार सेसेहाङ फियाक, गजलकार विवश वलिभद्र कोईराला लगायतले शुभकामना, बधाई मन्तव्य तथा गजल रुवाई प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्तावना हुने ताप्लेजुङकी सीता पिरती, पान्थरका मचिन्द्र लोवा सेमी, पान्थरका लक्ष्मीमाङ चेम्जोङ र मनकुमार तुम्रोकलाई प्रमुखअतिथि हरि हुक्पा चोङवाङले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यसैगरि प्रतियोगितामा सहभागी मध्ये, शुक्र आँशु आङदेम्बे, चवेगु राज सानु, श्याम तुफान, सेमेक्वा हेम लगायतले याक्थुङ गजल प्रस्तुत गरेका थिए ।

याक्थुङ साहित्य कला समूहका सह–संयोजक इन्दिरा नेम्बाङको सभानेत्रित्वमा सम्पन्न कार्यक्रममा सदस्य तथा मोडल संगीता लावतीको स्वागत मन्तव्य तथा हाक्पारे साम्लो सजुमको संयोजक तथा साहित्यकार इक्साहाङ चेम्जोङले कार्यक्रम संचालन गरेका थिए ।

यसैगरि निर्देशक रवि सेर्मा, निर्देशक तथा लेखक विक्रम वनेम फागो, साहित्यकार तथा गीतकार आन्छुमे नसान, कवि रचना लावती रेडियोकर्मी मिना नेम्बाङ लगायत थुप्रै सर्जकहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रममा साहित्यकार पुष्प लोरिङदेन लोवाले ‘सिङजाङगो‘ गजल संग्रहको चर्चा गरेका थिए ।

कार्यक्रममा विश्वव्यापी अनलाईन याक्थुङ गजल प्रतियोगितामा सहयोग गर्नुहुने संरक्षक, निर्णायक, सल्लाहकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने प्रतियोगितामा सहभागी हुनेहरुलाई समेत धन्यवाद पत्र प्रदान गरिएको थियो ।

यसैगरि सामाजिक सञ्जाल मार्फत याक्थुङ साहित्य कला समूहका संयोजक जनम लिङदम ‘हाङसा’ले हामीले ऐतिहासिक कार्य गरेको छौँ, अबको दिनहरुमा पनि यस्तै ऐतिहासिक कार्यक्रमलाई निरन्तर दिदै जाने भन्दै प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सबैमा सम्मान व्यक्त गर्दै धन्यावद दिएका छन् ।

सम्बन्धित खवर