कोपा डेल रे : बार्सिलोना उपाधि नजिक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा डेल रे : बार्सिलोना उपाधि नजिक

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलामा बार्सिलोना उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभिलालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाईनलमा प्रवेश गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।

बार्सिलोनाले पहिलो लेगमा सेभिलासँग २–० को हार व्यहोरेपनि घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै फाईनलमा स्थान पक्का गरेको हो ।

क्याम्प नोउमा बर्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बर्सिलोनालार्ई १–० को अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ७३ औं मिनेटमा सेभिलाले पेनाल्टीको अवसर पाएपनि लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगनले उत्कृष्ट बचाऊ गर्दा सेभिलाले हार बेहोर्नु पर्यो ।

यस्तै खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिला १० खेलाडीमा समेटियो ।

इन्जुरी समयको चौंथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनायो ।

पिकेको गोलसंगै बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २–२ को अवस्थामा पुग्यो । र, खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा ब्रेथवेटले खेलको ९५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

सम्बन्धित खवर