कोपा डेल रे : एथ्लेटिक बिल्बाओ फाइनलमा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा डेल रे : एथ्लेटिक बिल्बाओ फाइनलमा

एजेन्सी । स्पेनिस कोपा डेल रेको फाइनलमा एथ्लेटिक बिल्बाओ प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा बिहीबार राति लेभान्टेलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बिल्बाओ फाइनलमा प्रवेश गरेको हो ।

यसअघि पहिलो लेगमा दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । लेभान्टेको मैदानमा भएको दोस्रो लेगमा बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता लेभान्टेले बनाएको थियो । खेलको १७ औं मिनेटमा रोजरले गोल गरेका थिए ।

तर, ३० औं मिनेटमा गार्सियाले पेनाल्टीमा गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय १२ औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई २–१ ले जित दिलाए ।

अब बिल्बाओले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना यस अघि नै फाइनल पुगिसकेको छ ।

बार्सिलोना र बिल्बाओबीचको फाइनल खेल अप्रिल १७ मा हुनेछ ।

 

सम्बन्धित खवर