ला लिगा : बार्सिलोनाको सानदार जित, मेस्सीको कीर्तिमान - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सानदार जित, मेस्सीको कीर्तिमान

एजेन्सी । उपाधि दाबेदार स्पेनिस महारथी बार्सिलोनाले ला लिगा फुटबलमा फराकिलो जित निकाल्दै दोस्रो स्थानमा उक्लेको छ ।

बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लेकोे हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे भने एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यस्तै सोसिडाडका एण्डरले रक गोल फर्काए ।

सोसिडाडको मैदानमा ग्रीजम्यानले खेलको ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० को बन्यो । यस्तै ५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५–० ले अघि रह्यो । खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६–१ को जित दिलाए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् ।

 

सम्बन्धित खवर