मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरुले लिए शपथ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसैगरि नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् ।

मन्त्रिपरिषद् पुर्नगठनमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ आर्थिक मामिला तथा योजनामन्त्री, एमालेको माधव नेपाल समूह छाडेर केपी ओली समूहमा लागेकी सांसद उषाकला राई सामाजिक विकासमन्त्री, राम राना भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री भएका छन् ।

अहिले राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री भएका हुन् । त्यस्तै, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

 

सम्बन्धित खवर