९ पदका लागि प्रेस मञ्च नेपालको मनोनयन दर्ता - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

९ पदका लागि प्रेस मञ्च नेपालको मनोनयन दर्ता

काठमाडौं । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने केन्द्रीय निर्वाचनमा विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ ।

शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस मञ्च नेपालले समावेशी उपाध्यक्ष सहित विभिन्न पदमा उम्मेद्वारी दिएको अध्यक्ष केशव अर्यालले जानकारी दिए ।

मञ्चले समावेशी उपाध्यक्ष (मधेसी) तर्फ अवधेश झालाई उम्मेद्वार उठाएको हो भने आदिवासी जनजाति सचिवमा शाहीमान राईलाई उम्मेद्वार बनाएको हो ।

त्यस्तै मधेसी केन्द्रीय सदस्यमा विरेन्द्र केएम, आदिवासी जनजाति केन्द्रीय सदस्यमा विजय चाम्लिङ, प्रदेश १ केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली उम्मेद्वार बनेका छन् ।

त्यस्तै प्रदेश २ केन्द्रीय सदस्यमा सुरेशकुमार यादव, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा आशिष गुप्ता, उपत्यका केन्द्रीय सदस्यमा विदुर ढुंगेल र खुला केन्द्रीय सदस्यमा शिव बस्नेतले मनोनयन दर्ता गराएको नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले पुष्टि गरेको छ ।

सम्बन्धित खवर