म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि सेनाले चलायो गोली - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि सेनाले चलायो गोली

एजेन्सी । म्यानमारमा सेनाले शनिबार एकैदिन १ सय १४ जना नागरिकको ज्यान लिएको छ । सेनाले नागरिकमाथि झनै क्रुर रुप देखाइरहेको छ ।

आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि नै गोली चलाएको छ । आर्थिक राजधानी यंगुननजिकैको बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए । छुट्टै घटनामा आइतबार सेनाको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

यो घटनासँगै म्यान्मारको सैन्य शासनको चर्को रुपमा निन्दा भएको छ । अमेरिका, बेलायत, युरोपियन युनियनबाट जुन्ता शासकको विरोध भएको बीबीसीले जनाएको छ ।

यस्तै बेलायतले म्यान्मारका सुरक्षा बलले निर्दोष नागरिकमाथि गोली चलाएर आफ्नो प्रतिष्ठा गुमाएको बताएको छ ।

बीबीसीका अनुसार शनिबारको घटनासँगै म्यान्मारको प्रदर्शनमा सेना तथा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ सय भन्दा बढी पुगेको छ ।

सम्बन्धित खवर