थ्री नेसन्स कपको उपाधि नेपाललाई - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । अन्तराष्ट्रिय फुटबल प्रतियोगिता े थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ ।

घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ’बी’ ले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।

बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए पनि जीतको लागि पर्याप्त हुन सकेन ।

सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जिते पछिको यो पहिलो जीत हो । यस जीत पछि उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

घरेलु दर्शकको साथ पाएको नेपालले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो । बंगलादेश बिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउँन सफल भएको छ ।

सम्बन्धित खवर