एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा कप्तान किरण चेम्जोङ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा कप्तान किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ लिम्बू एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा परेका छन् ।

बिशिबार एशियाली फुटबल संघले जारी गरेको एशियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ लिम्बू परेका हुन् ।

एशियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्बजनिक गरेको छ । उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् ।

सूचीमा पर्नुभएका दश खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द् विक’का लागि मतदान खुला गरेको छ ।

एएफसीको वेबसाइटमा अप्रिल चार सम्म जो सुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछ ।

सम्बन्धित खवर