सिरिजङगा टोल भवनको उद्घाटन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरिजङगा टोल भवनको उद्घाटन

  • मुसाहाङ अम्याङसा

दमक । झापा दमकमा नवनिर्मित सिरिजङगा टोल बिकास संस्थाको भवन उद्घघाटन गरिएको छ ।

बुधबार दमक नगरपालिका वडा न. १ का अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नगरपालिका समाज कल्याण योजना शाखा प्रमुख डम्बर बरालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त भवनको उद्घघाटन गरिएको होे ।

कार्यक्रमम लुङ्धुङ टोल अध्यक्ष याम राई, हिमालय टोल अध्यक्ष बुद्धि इङनाम, सिने निर्देशक राजकुमार आङदेम्बे लगायतको उपस्थिति रहेकोे थियोे ।

यसैगरि उक्त कार्यक्रममा जग्गादाता सेसेमी सेनाल्बो र इक्सा सङबाङफेलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए । त्यसैगरि भवन निर्माण सहयोगदाताहरु समेतलाई प्रमाणपत्र वितरण समेत गरेका थिए ।

सिरिजङगा टोल अध्यक्ष रचना लाओतीको अध्यक्षतामा सम्पन्न भवन उद्घघाटन कार्यक्रमको स्वागत मन्तव्य टोल कोषाध्यक्ष तारादेबी राई तथा संचालन सचिब आरती लिम्बूले गरेकी थिइन् ।

 

सम्बन्धित खवर