रंगकर्मी राजकुमारको ‘सेप्माङ’ नाटक सङग्रह विमोचन - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रंगकर्मी राजकुमारको ‘सेप्माङ’ नाटक सङग्रह विमोचन

दमक । कवि राजकुमार आङदेम्बेको लिम्बू भाषाबाट प्रकाशित उहाँको प्रथम कृति ‘सेप्माङ’ नाटक संग्रह विमोचन भएको छ ।

सोमबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कमल गाउँपालिका–५, सिम्ले फक्ताङलुङ टोलस्थित लेखककै नीजि निवासमा याक्थुङ् प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति तथा समालोचक लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

कार्यक्रममा साहित्यकार पुष्पहाङ लोरिङदेन लोवा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङफे, कियाचु झापा जिल्ला सह–सचिव कविन्द्र सेर्मा, कमल गा.पा. ५ वडा सदस्य चुरुङहाङ लाओती, कवि रचना लाओती, याक्थुङ साहित्य प्रतिष्ठानका सदस्य भवानी थेगिमहाङको उपस्थिति रहेकोे थियोे ।

वि.स.२०४९ सालदेखि फिल्म क्षेत्रमा क्रियाशिल रंगकर्मी आङदेम्बेको लिम्बू भाषाको प्रथम कृति ‘सेप्माङ’ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

कलाकार आङदेम्बेले नेपाली चलचित्र धुन, देउमाईको किनार, छोरी, हाउडे, जयमाया, सतासी, मङगोलियन हर्ज आदिमा उहाँको अभिनय रहेकोे छ । त्यसरी नै आनी साक्थिम, नुमाफुङ, तुम्दङ, मासेमी लगायतका लिम्बू चलचित्रमा पनि अभिनय गरेका छन ।

त्यस्तै लिम्बू फिल्म खाप्पुना मरङना पनि निर्देशन गरेको छ भने थुप्रै चलचित्रहरुमा काम गर्दै आएको आङदेम्बेले बताए ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा “डिल्लीश्वर“ले गरेका थिए ।

 

सम्बन्धित खवर