माङ्सेबुङमा जारि वडास्तरिय फूटबल प्रतियोगितामा माङसेबुङ ६ अन्तिम चारमा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङमा जारि वडास्तरिय फूटबल प्रतियोगितामा माङसेबुङ ६ अन्तिम चारमा

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगितामा पुरुष महिला दुवै तर्फ माङसेबुङ ६ अन्तिम चारमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो चरण अन्तरगत दोस्रो दिन आइतबार सम्पन्न पुरुषतर्फ माङ्सेबुङ ६ ले माङसेबुङ ५ लाई ३–२ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

यसैगरि आइतबारनै भएको महिलातर्फको खेलमा माङसेबुङ ६ ले माङसेबुङ ५ लाई २–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतियोगिताको म्यान अफ दी म्याच माङसेबुङ ५ का थोमस लिम्बू र वुमन अफ दी म्याच माङसेबुङ ५ कै स्वस्तिका राई घोषित भएका छन ।

प्रतियोगिता अन्तरगत सोमबार सेमीफाइनलका दुई खेल संचालन हुने भएका छन । पहिलो सेमीफाईनल खेलमा पुरुष तर्फ माङसेबुङ ३ ले माङसेबुङ ४ को सामना गर्ने भएको छ ।

त्यसैगरि सोमबारनै हुने दोस्रो सेमीफाईनल खेलमा महिला तर्फ माङसेबुङ २ र माङसेबुङ ४ वीच खेल हुने आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

 

सम्बन्धित खवर