किरात दर्शनको महत्व विश्वभरि चुलिदैं : मन्त्री आङबुहाङ - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात दर्शनको महत्व विश्वभरि चुलिदैं : मन्त्री आङबुहाङ

माङसेबुङ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले किरात दर्शनको महत्व विश्वभरि चुलिदैं गएको बताए ।

आइतबार माङसेबुङ २ इभाङमा अवस्थित किरातेश्वर हाङसाम शिवालय माङहिम गैरीधाम चुक्चीनाम्बामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समुपस्थितिमा विश्व शान्ति र मानव एकताको निम्ति सप्ताहव्यापी सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री आङबुहाङले सो कुरा बताएका हुन् ।

मन्त्री आङबुहाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले विश्व शान्ति र मानव एकाताको सन्देश छर्दै शान्ति पुर्वक वाँच्नुपर्छ भन्ने किरात दर्शन दिनु भएको बताए ।

उनले महागुरुले दिनुभएको किरात दर्शन दिनानुदिन विश्वभरि फैलिदैं गईरहेको र एकाईसऔं शतावदीमा पनि समय सान्दर्भिक भएकोले यसको अनुयायीहरु पनि विश्वभरि बढ्दो क्रममा रहेको बताए ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ अमृतमय धन्यवाद माङ आशीर्वचन समेत प्रदान गर्नुभएको कार्यक्रममा मन्त्री आङबुहाङलाई अङसीमाङ र अङसीमामाङहरुले शुभकामना पत्रद्वारा बधाई र शुभकामना समेत प्रदान गर्नुभएको थियो ।

मानव मानव विचको अस्वस्थय प्रतिस्पर्धा र धार्मिक, भाषिक, साँस्कृतिक रुपमा रहेको बिकृति बिसंगति, कुरिति र कुसंस्कारको विरुद्धमा महागुरु उभिएर जनचेतनामुलक सन्देश छुर्नभएको मन्त्री आङबुहाङले बताए ।

छिमेकी मुलुक दार्जिलिङ भारतका गोर्खा जनकुक्ती मोर्चा पार्टीका अध्यक्ष बिमल गुरुङको समेत बिशेष आतिथ्य रहेको कार्यक्रममा, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, जिल्ला प्रहरी कार्यलय इलामका एस.पी, ससस्त्र प्रहरी बल इलामका एस.पी र राष्ट्रिय अनुसन्धान आयोग इलामका डि. एस. पी.लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिम, गुरु निजी कानुनी सल्लाहकार एन.एस. फागो र स्थानिय व्यक्तित्व तथा लिम्बू बिद्यार्थी मञ्चका केन्द्रीय कोषाध्यक्ष मन कुमार योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।

किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले सबै भन्दा पहिले निर्माण गर्नुभएको माङहिमको रुपमा र जन्म भूमि, कर्म भूमि रुपमा समेत रहेको गैरिधाम चुक्चिनाम्बामा आयोजित सेवामा मंगलबार भौतिक निर्माणका क्षेत्रमा सहयोग गर्नुहुने महानुभावहरुलाई फूलमालाद्धारा सम्मान गर्ने कार्यक्रम समेत रहेको गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङले बताए ।

सो सावायेहाङ किरात आप्लुङगेन ताङसेप सेवा निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ निजी गुरु आश्रम कृषि समितिले संयुक्त आयोजना गरेको जनाइएको छ ।

 

सम्बन्धित खवर